Rule 101
निजी खानी क्षेत्रको सीमाना निर्धारण;
(१) वन क्षेत्रसँग जोडिएको निजी जग्गामा खानी सञ्चालन गर्न अनुमति प्राप्त गरेको कुनै व्यक्ति वा संस्थाले खानी सञ्चालन गर्नु अघि सीमाना यकिन गरेर मात्र खानी सञ्चालन गर्नु पर्नेछ।

(२) उपनियम (१) को प्रयोजनका लागि वन क्षेत्र र निजी जग्गाको सीमाना निर्धारण गर्नको लागि देहाय बमोजिमको समिति रहनेछ:-

(क) नापी अधिकृत, नापी कार्यालय -संयोजक (ख) अधिकृत प्रतिनिधि, खानी तथा

भू-गर्भ विभाग न्सदसय (ग) अधिकृत : प्रतिनिधि, जिल्ला

प्रशासन कार्यालय “सबसय (घ) डिभिजनल _ वन अधिकृतले

तोकेको सहायक वन अधिकृत सदस्य (ङ) / अधिकृत प्रतिनिधि, सम्बन्धित

प्रहरी कार्यालय “सबखया (च): खानी रहेको क्षेत्रको स्थानीय

तहको वडा अध्यक्ष सद (छ) निजी जग्गाधनी वा खानी

सञ्चालक “सदस्य

(३) खानी सञ्चालनका लागि वनक्षेत्र र निजी जग्गा छुट्याउँदा वनक्षेत्रको सीमानाबाट निजी जग्गामा कम्तीमा दश मिटरकोमध्यवर्ती क्षेत्र (बफर जोन) राखेर मात्र खानी सञ्चालन गर्नु पर्नेछ।